संखुवासभा । संखुवासभा प्रदेश निर्वाचन क्षेत्र १ मा गठबन्धनका दलका उम्मेदवार राजेन्द्र कार्की र एमालेका भविश्वर गुरुङबिच प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (माओवादी केन्द्र)का कार्कीलाई कांग्रेस, नेकपा(एस) सहितको पाँच दलीय गठबन्धनको सर्मथन रहेकाले बलियो उम्मेदवारको रुपमा चिनिन्छन् ।
गत स्थानीय तहको वडा अध्यक्षहरुको मत परिणाम अनुसार गठबन्धन र एमालेबीचको अंक गणित यस्तो छ । ६ वटा पालिका रहेको यस प्रदेश निर्वाचन क्षेत्रमा एमालेका वडा अध्यक्षहरु १५ हजार १० मत ल्याएका थिए । त्यसैगरी गठबन्धन दलहरुका वडा अध्यक्षहरुले २१ हजार ९ सय ३२ रहेको छ । स्थानीय ततहको मतलाई हेर्दा एमाले भन्दा गठबन्धन ६ हजार ९ सय २२ मतले अगाडि देखिन्छ । यस निर्वाचन क्षेत्रमा रहेका ६ पालिकामध्ये ५ पलिकामा गठबन्धनले जितेको थियो ।
तत्कालिन एमाले अध्यक्ष हेमराज घिमिरे सहितका बहुमत जिल्ला कमिटी सदस्य नेकपा(एस) गएपछि एमालेमा फुटको असर संघीय र प्रदेश निर्वाचन देखिने भएको छ । गठबन्धनमा एमालेबाट फुटेको नेकपा(एस), कांग्रेस र माओवादीको प्रदेशमा १÷१ र संघमा १ जनाको उम्मेदवारी छ । स्थानीयत तहमा १० वटै पालिकामा सम्मानजनक टिकट बाँडफाँड नहुँदा राम्रो नतिजा प्राप्त गर्न नसकेको गठबन्धनले यस पटक तीन वटै पार्टीलाई टिकट वितरण गरेर गठबन्धन बलियो बनेको छ ।
२०७४ को निर्वाचनमा विजयी माओवादीका पूर्णप्रसाद राईले एमालेको साथ पाएपछि १६ हजार ६ सय ७७ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका टंकप्रसादले १४ हजार ६३२ मत ल्याएका थिए । २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा तत्कालिन एकीकृत नेकपा माओवादीबाट पूर्णप्रसाद र टंकप्रसादबीच भएको प्रतिस्पर्धामा माओवादीले जित हाँसिल गरेको थिए । दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका तारामान गुरुङले ९ हजार ४ सय १५ मत ल्याएर एमालेका हेमराज घिमिरेलाई पारजित गरेका थिए । एमालेका घिमिरेले ८ हजार ९ सय ४६ मत ल्याएका थिए भने माओवादीका इन्द्रहाङ् राईले ४ हजार ४ सय ३८ मत ल्याएका थिए ।