संखुवासभा : संखुवासभाबाट प्रदेशसभा (१) मा नेकपा(माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन्। कार्कीले १३ हजार ४ सय ३३ मत ल्याएर निर्वाचित हुँदा नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार ३ सय ९९ मत ल्याएर पारजीत भएका हुन्।
कार्की ३४ मतको झिनो मतान्तरले विजयी बनेका हुन्। पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार ५०४ मत खसेको थियो। विजयी कार्की माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संखुवासभा इन्चार्ज समेत हुन्। कार्की पाँच दलीय गठबन्धनका उम्मेदवार हुन्। प्रतिनिधिसभा तर्फ एक र प्रदेशसभा तर्फ दुई क्षेत्र रहेका छन्। संखुवासभाको प्रतिनिधि सभा र प्रदेशसभा(२) को मतगणना जारी छ।