गौडेनी । सामाजिक असमानता, आर्थिक शोषण, एवं समाजमा व्याप्त अन्धविश्वास विरुद्ध आवज उठाई समाज परिर्वतनका लागि सास्कृतिक आन्दोलन तिव्र पार्न योगमाया न्यौपानेले महत्वपुर्ण भुमिका निर्वाह गरेको राट्रपति विद्यादेवि भण्डारीले बताइन् । बुधबार प्रथम समाजसुधारक महिला योगमायाको शालिक अनावरण गर्दै राष्ट्रपति भण्डारीले योगमायाको चर्चा गरेकि हुन् ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–१, गौडेनीमा स्थापना गरिएको योगमायाको शालिक अनावरण गर्न राष्ट्रपति भण्डारी गौडेनी पुगेकी हुन् । राजनितिक दलहरु खुल्न नसेको वेला योगमायाको नेतृत्वमा सत्यधर्म भिक्षा अभियानको नाममा गरिएको समाजिक आन्दोलनलाई तत्कालिन शासकहरुबाट उपेक्षा विरोधमा गरिएको ६८ जना अनुयायि सहित अरुण नदिमा जलसमाधि विश्वमै साहसिक विद्रोहको रुपमा रहेको उनको भनाई छ । नेपालको इतिहाँसमा गुमानम वनाइएको उक्त विद्रोहलाई उजागर गर्दै नेपाली समाजको रुपान्तरणमा योगमायाको योगदानलाई चिनाउने व्यक्तित्व सम्मान व्यक्त गरिन् । वारवारा नीम्रि अजिज, उत्तम प्रसाद पन्त, प्राध्यापक डा. गोविन्द मानसिं कार्की, डा. मातृका तिम्सिना, लेखनाथ भण्डारी, निलम काकीं(निहारिका) लगायतले योगमायाको योगदानलाई चिनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको बताइन् ।
राष्ट्रपति भण्डारीले बिदुषी योगमाया न्यौपानेको शालिक अनावरण साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पुजा अर्चना समेत गरिन् । राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकन गर्ने समेत कार्यक्रम रहेको छ । साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
योगमायाको जन्मभुमि, कर्मभुमि, योगध्यान, सिद्धिप्राप्ती र समाधि स्थलहरुलाई ऐतिहाँसिक, धार्मिक र पर्यटकिय स्थलको रुपमा चिनाउन सके मात्रै योगमायाको सम्मान हुने साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । यस क्षेत्रको विकास संघिय र प्रदेश सरकारलाई लाग्न अनुरोध गरे ।
यस्तै राष्ट्रपति भण्डारीबाट षडानन्द नगरपालिका वडा नम्वर १ मझुवाबेसीमा रहेको योगमायाको समाधी स्थलमा माल्यार्पण, अवलोकनका साथै वडा नम्वर ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म घडेरीमा अधिकारीको शालिक अनावरण तथा माल्यार्पण गरेकिछन् । सोही कार्याक्रमको अवसरमा प्रदेश नम्वर १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाधी स्थल पार्कको सिलान्यास गरेका छन् ।







