खाँदबारी । एकीकृत अखिल नेपाल शिक्षक संगठन संखुवासभाको अध्यक्षमा भीमबहादुर कट्टेल चयन भएकाछन् । मंगलबार तुम्लिङटारमा भएकाे संगठनकाे तेश्रो जिल्ला सम्मेलनले कट्टेलकाे अध्यक्षतामा १७ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेकाे हाे ।
संगठनकाे उपध्यक्ष बोधराज हुमगाईं, सचिव सुरेन्द्र तामाङ तथा कोषाध्यक्षमा रनमाया कटुवाल सहित १७ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरिएको छ । तेस्रो जिल्ला संमेलन प्रदेशसभा सदस्य राजेन्द्र कार्कीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । प्रमुख अतिथि कार्कीले सँधै आफ्नाे जिम्मेवारी पुरा गर्न लागिपर्न शिक्षकहरूलाई अनुराेध गरे । देशका कर्णधार विद्यार्थीहरूकाे जिम्मेवारी शिक्षकहरूकाे काँधमा रहेकाे हुँदा शिक्षकले निर्वाह गर्नु पर्ने भुमिकामा कुनै कमि हुनदिन नहुने बताए । व्यवहारीक, प्राविधिक र बैज्ञानिक शिक्षामा जाेड दिनु पर्ने कार्कीकाे भनाई छ । प्रदेशसभा सदस्य कार्कीले आफु रहेकाे विद्यालयलाई नमुना विद्यालय बनाउने गरी लाग्न शिक्षकहरूलाई आग्रह गरेका छन् । अधिवेशनमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिवालय सदस्य कुबेर प्रसाद भेटवाल, संगठनका नेतृ विमला नेपाल , मकालु गाउँपालिका उपाध्यक्ष मनकला राई लगायतले शुभकामना मनतव्य राखेका थिए।