खाँदबारी । संखुवासभाको खाँदबारीमा रहको बरुण बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनबाट जनक राई विजयी भएका छन् । अनेरास्ववियुका प्रत्यसी उम्मेद्वार विवस खत्रीलाई ३० मतले पछि पार्दै विजयी राई भएका हुन् ।
उनी संगै नेविसंघ तथा अखिल क्रान्तिकारी संयुक्त प्यालनल अन्य पदाधिकारीमा विजयी भएका हुन् । गएराति अवेर सम्पन्न गणना सम्पन्न भएको थियो । अनेरास्ववियुका खत्रीले १६६ मत प्राप्त गर्दा राईले १९६ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा गठबन्धन प्यानल अखिल क्रान्तिकारीका सुभास राई विजयी भए । अनेरास्ववियुका लोकेन्द्र कुलुङले १७६ मत प्राप्त गर्दा क्रान्तिकारी सुभासले १८० मत प्राप्त गरे । कोषाध्यक्षमा पनि नेविसंघका जयन्ती तामाङ विजयी भएकी छन् । तामाङले ६६ मतान्तरले अनेरास्ववियुका सन्ध्या विश्वकर्मालाई पारजित गरिन् । विश्वकर्माले १३८ मत प्राप्त गर्दा विजयी तामाङले २०४ मत प्राप्त गरिन् ।
सदस्यहरुमा अनेरास्ववियुका इश्वर घिमिरे र स्मृति राई विजयी भए भने अन्य सबै नेविसंघ र अखिल क्रान्तीकारी संयुक्त प्यानलले विजयी प्राप्त गरे । गठबन्धनका निशान खत्री, समिर कार्की, निशा पुरी, सपना राना मगर र जानुका विश्वकर्मा विजयी भएका छन् । ५१६ जना मतदाता रहेको बरुण क्याम्पसमा ३६४ मत खसेकोमा ५ मत बदर भएको थियो ।