खाँदबारी । नेपाल प्रेस युनियन सङ्खुवासभा अध्यक्षमा दीपेन्द्र शाक्य सर्वसम्मत चयन भएका छन् । उद्योग वाणिज्य सङ्घको सभाहल खाँदवारिमा भएको चौथो जिल्ला अधिवेशनबाट शाक्यको नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको छ ।
अधिवेशनबाट उपाध्यक्ष नवीन गुरुङ र दुर्गामणि पौडेल, सचिव ध्यान बहादुर राई, सहसचिव प्रजिना शाक्य, कोषाध्यक्ष मोहन कुमार राई चयन भएका छन् । त्यसैगरी सदस्यमा सविता कार्की, कविता कोइराला, नविनकला जैरु, होमबहादुर राई, राजमान राई, खेवाहाङ्ग राई, अंकिता घिमिरे, सुरेन शाक्य र नेत्र विनोद काफ्ले सर्वसम्मत चुनिएका छन् । इन्द्र गिरिको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत कार्यसमिति चयन भएको जानकारी दिएको छ ।
प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस जिल्ला सभापति दीपक खड्काको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको हो ।
नवनिर्वाचित अध्यक्ष शाक्यले पाँचौँ अधिवेशन आफ्नै भवनमा गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए । जिल्लाका पत्रकारलाई विषयगत विज्ञताको लागि तालीम तथा अनुसन्धानको अवसर सृजना गरिने बताए । अब हरेक पत्रकार समाचारमा मात्र नभएर आर्थिक रूपमा पनि आत्मनिर्भर हुनुपर्ने बताउँदै शाक्यले पत्रकारको आर्थिक उपार्जनको लागि लागिपर्ने धारणा राखे ।