खाँदबारी । मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा अनेरास्ववियु जिल्ला कमिटी संखुवासभाले खादबारी नगर स्तरिय अन्तर माबि वकृत्वकला प्रतियोगिता गरेको छ । नेपाली राजनीतिमा मदन भण्डारीको योगदान विषयक वकृत्वकला प्रतियोगितामा नौ जना विद्यार्थीको सहभागिता रहेको अनेरास्ववियु जिल्ला कमिटि संयोजक संजय ओझाले बताए ।
प्रथम बरुण बहुमुखी क्याम्पसकी छात्रा अनिता कुलुङ, द्धितिय आदर्श बिद्या मन्दिर पाठक गाउँका निकेश कार्की , तृतीय हिमालय माबि खाँदबारीका सौजन कट्टेल र सान्त्वना बरुण बहुमुखी क्याम्पसकी रेजि राई भएका छन्। प्रतियोगिताको प्रमुख अतिथि अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सह इन्चार्ज गोपाल नेपालले भण्डारीको जन्मजयन्तीको शुभकामना दिदै सहभागिहरुलाई धन्यवाद दिए । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य लक्ष्मण चौहान, केन्द्रिय सदस्य तथा अनेरास्ववियु संखुवासभा इन्चार्ज अनुप चापागाईं, एमाले जिल्ला कमिटी अध्यक्ष जित बहादुर घिमिरे, एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायण कटुवाल, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा संखुवासभा जिल्ला अध्यक्ष ध्रुब खड्का लगायतको उपस्थीति रहेको थियो ।