खाँदबारी । एड्भान्स क्लव मानेभञ्ज्याङ्गको आयोजनामा कार्तिक २० देखि हुने आठौं अरुण भ्याली आमन्त्रित फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । १२ टिमको सहभागिता रहने प्रतियोगिताको पहिलो खेल फ्रेन्ड्स क्क्लब र तीनपोखरी ब्लब विच हुने भएको आयोजकले जनाएको छ ।
त्यसैगरी पहिलो चरणको दोस्रो खेल अरुण एड्भान्स र सित्तलपाटी एफ.सी. विच हुने भएको छ । तेस्रो खेल सेकाहय सामुदायीक र पन्चकन्या युथ विच हुने छ भने चौथो खेल लोहारुङ्ग क्लब र सभापोखरी युथ विच हुने एड्भान्स क्लबका अध्यक्ष जिल्लामान राइएले जानकारी दिए । एड्भान्स क्लब, मिरमिरे युवा क्लब, प्रदेश पुलिस क्लब र खाँदबारी युथ क्बल बाई मार्फत सोझै क्वाटर फइनल प्रवेश गर्ने छन् । महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको फाइनल खेल कार्तिक २४ हुने आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्ला भित्र र बाहिर १२ टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले १ लाख रुपैयाँ र सेमिफाइनलिष्ट दुबै टीमले २५÷२५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा दर्शकहरुको लागत सहभागिता (टिकट) गराईने एड्भान्स क्लवका अध्यक्ष राईले अरुण सन्देशलाई बताए । खेलमैदान परिषरमा अस्थायी स्टेडियम निर्माण गरिएको छ । टिकट काट्नेलाई मात्र खेल हेर्न प्रवेश गराइने भएको छ । सङ्खुवासभामा नै पहिलो पटक अस्थाई स्टेडियम बनाएर दर्शकलाई टिकट कटाएर खेल हेर्ने व्यवस्था गरिएको हो ।

