अरुण भ्याल्ली भेटेरेन्स फुटवल प्रतियोगिताको उपाधि आयोजक टिमलाई
खाँदबारी : संखुवासभामा जारी अरुण भ्याल्ली भेटेरेन्स फुटवल प्रतियोगिताको उपाधि आयोजक एड्भान्स क्लब मानेभञ्याङले हातपारेको छ । लोहोरुंङ क्लब पाङ्मालाई २–० गोल अन्तरले हराउदै एड्भान्स क्लबले उपाधी आफ्नो कब्जामा लिएको हो ।
उपाधी हातपारेको आयोजक टिमले नगद ७५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता लोहोरुंङ क्लवलाई नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । त्यसैगरी प्रतियोगिताको सेमिफाइनललिस्ट हाङथुङ क्लब मादी र मिर्मिरे क्लब तामाफोक नगद १५–१५ हजार रुपैयाँ प्रदान गरिएको हो । विजेता टिमहरुले नगदका साथमा शिल्ड मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको उत्कृट खेलाडीमा एड्भान्स क्लबका दिपक चौहान छनौट भएका छन् । उत्कृष्ट खोलाडीलाई तीन हजार रुपैँया प्रदान गरिएको छ ।
सङ्खुवासभाको महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा शनिवार बाट सुरु भएको अरुण भ्याल्ली भेटेरेन्स फुटवल प्रतियोगिताको मंगलबार सम्पन्न भएको हो ।
प्रतियोगितामा जिल्लाभरीबाट १० टिमको सभागिता रहेको थियो । खेलमा ३० वर्ष माथिका खेलाडीहरुले सहभागिता जनाएको एड्भान्स क्लवका अध्यक्ष इश्वर घिमिरेले बताए ।