खाँदबारी । बाल सहभागीताको क्षेत्रमा काम गर्ने संखुवासभाको मकालु त्रिशक्ति समुह नेपाल (माट्स) उत्कृट भएको छ । प्रदेश नं. १ मा बाल सहभागीताको क्षेत्रमा उल्लेख्य र उत्कृष्ट कार्य गरेकोले सदस्य संस्थाहरु मध्ये माट्स नेपाललाई उत्कृष्ट संस्था घोषण गरी कन्साेटियम नेपालले पुरस्कृत गरेकाे हो ।
बाल सहभागीताको क्षेत्रमा काम गर्ने संस्थाहरुको साझा समुह कन्साेटिय नेपाल प्रदेश समिति प्रदेश नं. १ ले संखुवासभाको माट्स नेपाललाई पुरस्कृत गरेको कन्साेटियमका संयोजक रुद्र थेबेले जानकारी दिए । पुरस्कार नगद १ हजार १ सय एघार रुपैया सहित सम्मान पत्र प्रमुख अतिथी प्रदेश नं. १ सामाजिक विकास मन्त्री राजन राईले हस्तान्तरण गरेका छन् ।
विगत २५ वर्ष देखि बाल अधिकार, बाल संरक्षण र बाल सहभागिताको क्षेत्रमा कार्यरत संस्था माट्स नेपालले विभिन्न कार्यक्रम गरी बालबालिकाको क्षमता विकासका लागि बालबालिकाहरुको सहभागीतालाई जोड दिदै आएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट (मन्त्रीस्तर) २०७८ मंसिर २४ गते स्वीकृत प्राप्त गरी संखुवासभा जिल्लामा बाल हेल्पलाइन सेवा १०९८ संचालन गरीरहेको छ । संस्थाले विगत १५ वर्ष देखि जिल्लामा सहारा विहिन बालबालिकाको संरक्षणको लागि बाल कल्याण गृह संचालन गरिरहेको छ।
उक्त कार्यक्रममा २०७९ बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समिति धनकुटाको उप प्रमुख पदमा निर्वाचित कन्साेटियम सह–संयोजक सावित्रा राई, संस्थाका सदस्य भोजपुर नगरपालिका वडा नं. ८ काे वडाध्यक्षमा निर्वाचित नविन प्रधान, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ काे वडा अध्यक्षमा निर्वाचित दान बहादुर राई, मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५ ओखलढुङ्गाकाे वडाअध्यक्षमा निर्वाचित राजकुमार रुम्बालीलाई कार्यक्रमका प्रमुख अतिथीले बधाई ज्ञापन गर्दै बधाई पत्र हस्तान्तरण गरेका छन् ।
उक्त एक दिने कार्यक्रममा कन्साेटियमलाई पूर्णता प्रदान गर्दै बाल सहभागीता सम्बन्धी प्रदेश स्तरीय नीति निमार्ण गरिएको राष्ट्रिय बाल अधिकार परिषद, प्रदेश नं. १ समन्वय अधिकृत अधिकारीले जानकारी दिए। कार्यक्रममा धनकुटा जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राईकाे उपस्थिती रहेको थियो ।