खाँदबारी । गणित शिक्षा परिषद् कोशी प्रदेशको आयोजित मावि र आधारभुत तहका लागि गणित बिषयको प्रश्नपत्र निर्माण सम्बन्धि १ दिने कार्यशाला इटहरीमा शनिबार सम्पन भएको छ।
गणित शिक्षा परिषद् कोशी प्रदेशका अध्यक्ष सन्तोष बिष्टको अध्यक्षता तथा शिक्षा ,युबा तथा खेलकुद महाशाखा इटहरीका अधिक्कृत फाल्गुनि प्रसाद काफ्लेको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न कार्यशालाको सम्योजन गणित शिक्षा परिषद् जिल्ला शाखा सुनसरीले गरेको हो ।
परिषद्का कोषाध्यक्ष भरत शाक्यले सञ्चालन गरेकोउद्घाटन सत्रमा परिषद् सदस्य जनक ढकालले स्वागत मन्तब्य राखेका थिए । कार्यशालाका परिकल्पनाकार तथा गणित शिक्षा परिषद् कोशी प्रदेशका सल्लाहकार एवम् पुर्ब केन्द्रीय सदस्य दण्डपाणी गौतमले कार्यक्रम माथि प्रकाश पारेका पारे । उद्घाटन समारोहमा प्रमुख अतिथी काफ्ले, एलाइड पब्लिकेशनका अध्यक्ष सन्जिब सत्याल र मार्केटिङ म्यानेजर बिनोद उपाध्यायले शुभकामना मन्तव्य राखेका थिए। एलाइड पब्लिकेशन काठमाडौँ तालिमको प्रायोजन रहेको हो ।
विशिष्ट अतिथि रहेका पाठ्यक्रम विकास केन्द्रकाका बिषय विज्ञ राम चन्द्र ढकालले कक्षा ९–१० को प्रश्न पत्र निर्माण कार्यशालामा सहजिकरण गरेका हुन् । प्रशिक्षक तथा गणित बिषयका विज्ञ सुशिल खनालले कक्षा ६–८ को प्रश्न पत्र निर्माण कार्यशालामा सहजिकरण गरेका थिए।
कोशी प्रदेशका १३० जना गणित विषयका शिक्षकहरु सहभागी भएको कार्यशाला लाई मावि तह र आधारभूत तह गरि २ समुहमा विभाजन गरिएको उक्त कार्यशालामा सहभागी हरु सक्रिय रुपमा समुहगत छलफलमा सहभागि भएको आयोजकले जनाएको छ । कार्यशाला फलदायी रहेको र यस्ता कार्यक्रमहरुको निरन्तरताको अपेक्षा रहेको सहभागी हरुले बताएका छन्।
सहभागी रुका तर्फबाट झापा शाखा अध्यक्ष सोम नाथ बराल, मोरङ्ग शाखा अध्यक्ष हरि प्रसाद पराजुली र लोक बहादुर खड्काले आ–आफनो बिचार ब्यक्त गरेका थिए। कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापती तथा गणित शिक्षा परिषद् कोशी प्रदेशका अध्यक्ष सन्तोष बिष्टले गणित शिक्षालाइ अगाडि बढाउन यस्ता कार्यक्रम, तालिम तथा गोष्ठी हरु गर्दै जाने घोषणा गरेका छन्।