प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गर्दै शनिबार मुलुकभर विभिन्न कार्यक्रम गरी ४१ औं स्मृति दिवस मनाएका छन् ।
यसै बिच नेपाली काँग्रेस संखुवासभाले पनि आज एक कार्यक्रमको आयोजना गरि ४१ औं बिपी स्मृति दिवस मनाएको छ ।
संखुवासभा खाँदबारीको चाँदनी चोक स्थीत पार्टि कार्यालयको सभा–भवनमा आज श्रद्धाञ्जली सभाको आयोजना गरि महामानव बिपि कोईरालाको ४१ औं स्मृति दिवस मनाईएको नेपाली काँग्रेसका पार्टि सचिव टकमान घलेले जानकारी दिए ।
उनले जिल्लामा रहेका नेता र कार्यकर्ताको उपस्थीतिमा बिपीको फोटोमा अभिर र माल्यार्पण गरि स्मृति दिवस मनाईएको बताए ।
स्मृति दिवसलाई सम्बोधन गर्दै पार्टिका कार्यबाहक सभापति तथा पार्टि सचिव कुमारबाबु अधिकारीले बिपीले नेपाली राजनितिमा पुर्याएको अतुलनीय योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी, भात्रृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो ।