सङ्खुवासभामा निर्माणाधिन अरुण–३ जलविधुत् आयोजनाको प्रवेश मार्गको मुआब्जा नपाएपछि भाद्र १६ देखि आन्दोलन जारी छ । आन्दोनरत मुआब्जा पिडितहरुको मागलाई सम्बोधन गर्न तीन स्थानिय तहहरुले माग गरेका छन् । मकालु गाउँपालिका, चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकाले आइतबार विज्ञप्ती जारी गर्दै मुआब्जा रकम दिन माग गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, मन्त्रीपरिषद्बाट भएको निर्णय बमोजिमको मुआब्जा रकम आउँदै गरेको बडा दशैं अगाडिनै निकासा तथा भुक्तानी गरि परियोजना निर्माणको कार्य सुचारु गर्नहुन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं । सडक अबरुद्ध हुँदा नेपाल सरकालाई बिप्पा सम्झौंता बमोजिम दिनु पर्ने क्षतिपूर्तिको रकम अरबौं रुपौयाँ घटा भइसकेको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । माग प्रति वेवस्ता गरि अझै ढिलासुस्ती गरेमा अरुण नदिमा निर्माणाधिन एबं संचालन हुने अन्य विधुत् परियोजनाहरुको कार्यान्वयनमा समेत नकारात्मक असर पर्ने विज्ञप्तीमा छ । आयोजना निर्माणको क्रममा मकालु गाउँपालिकाको सोलाखानी र नयाँबस्तीको फेदीमा सुरुङ मार्ग निर्माण गर्दा निष्कीएको माटोढुंगा लगायतका सामाग्रीहरु थुपारीएको ठाउँबाट बग्दा दोभान, फ्याक्सीन्दा, आम्राङमा स्थानियको जग्गामा ठुलो क्षती पुगेकाले उचित क्षतिपूर्तिको माग गरिएको छ । सुरुङ निर्माण गर्दा गराईने विष्फोटको कम्पनले पहिरो समेत जान सुरु गरेकोले उक्त स्थानहरुको स्थलगत निरीक्षण गरी जग्गावालाहरुलाई क्षतिपूर्ति दिन विज्ञप्ती मार्फत माग गरेका छन् । विज्ञप्तीमा मकालु गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पा, मकालु गाउँपाकिला अध्यक्ष पासाङनुर्बु शेर्पा र खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले हस्ताक्षर गरेका छन् । स्थानियको माग प्रति स्थानिय राजनितिक दलहरुले समेत नैतिक समर्थन जनाएका छन् । उनिहरुको माग प्रति स्थानिय प्रशासन र सरकार भने मौन बसेको छ ।
आयोजनाको विधुत् गृहको काम अबरुद्ध भएपनि बाँध निर्माण र सुरुङ मार्गको काम भने जारी रहेको आयोजनाले जनाएको छ ।
