खाँदबारी । संखुवासभा जिल्ला फुटबल संघको अध्यक्षमा भरत कुमार घिमिरे निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सदरमुकाम खाँदबारीमा भएको साधारण सभा बाट अध्यक्ष सहित सबै पदमा निर्विरोध चयन गरिएको हो निर्वाचन समितिका संयोजक उमेश शाक्यले बताए ।
संघको उपाध्यक्षमा मुकुन्द श्रेष्ठ, कपुर घिमिरे र असिम जिमी चयन भएका छन् । त्यस्तै महासचिव दीपेन्द्र कार्की र कोषाध्यक्षमा जिल्लामान राई र सुजन श्रेष्ठ, जीवन श्रेष्ठ, राजकुमार राई, खगेन्द्र कार्की, गौरीमान राई, शशिकला लिम्बू, फुर्बा शेर्पा, दिनेश राई, मिनेस चापागाईं, भीम जिमी र मणिराज गुरुङ सदस्यमा चयन भएका छन् । नयाँ कार्यसमिति आगामी चार वर्ष सम्म रहने छ । एन्फाका प्रतिनिधि तथा भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालको आथित्यतामा सम्पन्न भएको थियो । साधारण सभाबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको जिल्ला फुटबल संघहरूमा अहिले नयाँ नेतृत्व चयन प्रक्रिया जारी छ ।