सखुवासभा । अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत चैनपुर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको लागत साझेदारीमा आयोजना गरिएको ७ दिवशीय मौरीपालन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । यही पौष १४ गते देखि भएको तालीम २० गते एक कार्यक्रम आयोजना गरि समापन गरिएको हो ।
तालिममा सहभागी ३३ परिवारलाई मौरीको गोला सहित अन्य विभिन्न आवश्यक सामाग्री बितरण गरिएको छ । चैनपुरको दिल कुमारी सभा हलमा भएको तालिममा नगर प्रमुख भरत कुमार खत्री, नगर उपप्रमुख मुना श्रेष्ठ र घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख प्रेम चन्द्र राईले सहभागीहरुलाई सामाग्री हस्तान्तरण गरेका थिए। तालिममा मौरी बिकास केन्द्र गोदावरीबाट आउनु भएका धुर्व कार्कीले प्रशिक्षण दिएका हुन् । घरेलु कार्यलयका प्रमुख प्रेम चन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रत्येक वडा बाट ३ जनाका दरले अपांगता भएका व्यक्ति वा परिवारका सदस्यलाई लक्षित गरि वडा कार्यालय र मिलिजुली समितीको बैठकबाट सहभागी छनौट गरिएको थियो ।
अपांगता भएका व्यक्तिहरुको सस्थाको समन्वयमा तालिम आयोजना गरिएको हो । नगरपालिकाबाट बिनियोजीत बजेटले मात्र तालिम सन्चालन गर्न नसकिएकोले घरेलु कार्यालयसँङ पनि लागत सझेदारी गरिएको हो । घरेलु कार्यालयबाट १ लाख पचास हजार साझेदारी रहेको तालिमको कार्यक्रमको साझेदार सस्था करुणा फाउन्डेसनबाट अनुगमन भएको थियो ।
सहभागीहरुलाई समापन कार्यक्रममा प्रमाण पत्र, मौरीजन्य सामाग्री मौरी टोपी र कम्तीमा ४ फ्रेम मौरी भएको मौरीघार बितरण गरिएको छ । तालिमको समापन कार्यक्रममा नगर प्रमुख भरत कुमार खत्रीले सहभागीहरुलाई ब्यबसायीक बन्न आग्रह गर्दै नया ब्यबसायीहरुलाई थप सहयोग समेत गर्ने धारणा राखेका थिए । समापन कार्यक्रममा घरेलु कार्यालयका प्रमुख प्रेम चन्द्र राईले यो तालिम लक्षित बर्गको लागी उपयुक्त रहेकोले रोजगारीको ग्यारेन्टी र जिबिकोपार्जनमा समेत सहयोग पुग्न्ने कुरामा जोड दिएका थिए । नगर अपाङ्गता ब्यबस्थापन समितीका अध्यक्ष तथा नगर उपप्रमुख मुना श्रेष्ठले यो ब्यबसाय अरु ब्यबसाय भन्दा सजिलो भएकोले स्वास्थ र आय आर्जनमा सहयोगी बन्ने धारणा राखेको कुरा नगरपालिका कार्यक्रम फोकल पर्सन सुर्य किरण भण्डारीले जानकारी दिए ।