मकालु । सङ्खुवासभाको मकालु गाउँपलिकामा महिलाहरुलाई राडीपाखी बुनाई तालिम दिइएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत महिलाहरुलाई ४५ दिने तालिम दिइएको वडा ५ का वडा अध्यक्ष योगराज राईले जानकारी दिए ।
एक पकेट एक उत्पादनका लागि राडीपाखी बुनाई तालिम सञ्चालन गरिएकोे वडा अध्यक्ष राईले बताए । तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन मद्धत पुग्ने उनको भनाई छ । मकालु गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा राडीपाखी बुनाई तालिम दिइएको हो । मकालुको मांसिमामा भएको तालिमामा महिलाहरुको उत्साहजन सहभागिता हरेको थियो । तालिम सँगै महिलाहरुलाई चर्खा लगायतका राडीपाखी बुन्न आवश्यक पर्ने सामाग्री समेत वितरण गरिएको छ ।
भेडा पालन आम्दानीको श्रोत भएकाले मांसिमा भेडा पालन तर्फ आर्कषण बढ्न थालेको छ । चरन अभावमा कम हुन थालेको भेडा पालन प्रर्वद्धनका लागि स्थानिय सरकार योजना वनाएरै लागेको छ । ऊनको भावमा राडीपाखी बुन्नेहरुमा पनि कमी आएपछि गाउँपालिकाले तालिमको आयोजना गरेको हो ।
