रमाइलो गर्न पाहुना आएको बेला मनपर्दैन।
उ एकलकाटेलाइ सानो भएनी भेला मनपर्दैन।
बुहारिको मातहतमा बसेको बिचरा छोरालाइ,
बोल्न नसकेनी आमालाइ गरेको हेला मनपर्दैन।
हजुर चिल्लो गाडी चढ्ने सौखिनमा पर्नुभयो,
मजदुरको सपना बोक्ने काठको ठेला मनपर्दैन ।
सहयात्री बन्छु भनी गतिलो नाटक गर्नुभयो,
अझैपनी सम्झिन्छु मसङ्ग गरेको रेला मनपर्दैन।
बजार गएकी छोरी फर्केर आजसम्म आइनन,
त्यही देखि बाबुलाइ बर्सेनि लाग्ने मेला मनपर्दैन।