खडक बहादुर धामी
गजल १.
लेखिरहे छु कालापानी ।
म मेरो देशलाई कांधमा
राखेर सोचिरहेछु।
कसले अन्याय गर्यो
सिमामाथी खोजिरहेछु
नेपालको हो कालापानी
बर्जस्व नजमाए हुन्छ
त्यो तिम्रो नालायकपनलाई
म सोझो छोरोले भोगिरहेछु
तिम्रो राज घमण्ड अनि
दाईचाराको स्वार्थ होला,
तर त्यो दाइचाराको अब
एक एक शब्द हेरिरहेछु
पुर्ख्यौलीले के गय्रो
मिचिएका लिपुलेक,
लिम्पियाधुरा
अबको पुस्ताले गर्नै पर्छ
फिर्ता भनी कलमले
लेखिरहेछु।
हामीभन्दा तिमी केही
कुरामा धनी छौ त्यो आफ्नै
लागि हो
तर राष्ट्रियता के हो सारा
नेपालीले जान्नै पर्छ भनी
कुरिहेछु।
भाइचारको सम्बन्ध होला
नैतिकता हेरिन्छ अनि
गरिन्छ राष्ट्रियतालाई
कुम्ल्याउनु हुन्न, छिमेकीलाई
सधैं भनिरहेछु।
(खडक बहादुर धामी सञ्चारकर्मी मार्मा ६ दार्चुला)