सभालाइ यूवाहरु सविन डांगी र तिर्थ राई लगायतले सम्बोधन गरेका थिए। सभालाइ सम्बोधन गर्दै यूवा सविन डांगिले एमसिसी सम्झौता रास्ट्रघाती भएको र यसले नेपालको रास्टृय स्वाधिनता लाई कमजोर बनाउने'भन्दै यसलाइ अबिलम्ब खारेज गर्न माग गरेका छन। उनले एमसिसीविरुद्धमा एकताबद्ध हुँदै ससक्त आवाज उठाउन नगरबासी र सम्पुर्ण देशभक्त यूवा तथा जनसमुदायलाइ आह्वान गरेका छन। बिरोध सभाका अर्का सहभागी यूबराज राई ले आजको कार्यक्रम सांकेतिक मात्र भएको र एमसिसी खारेज नभए आन्दोलनका थप कार्यक्रमहरु ससक्त ढंगले अगाडि बढाउने बताएका छन।
बिरोध सभामा चैनपुर नगरपालिकाका सयौं यूवाहरु स्वतस्फुर्त रुपमा सहभागी भएका थिए। 'यो कुनै दलगत,क्षेत्रगत वा अन्य कुनै समुहको संलग्नता भएका यूवाहरुको आन्दोलन नभएको र यूवाहरु स्वतन्त्र ढंगले सहभागी भएको' बिरोध सभाको आयोजनामा सकृय यूवा आकाश बुढाथोकी ले जानकारी गराएका छन।