संखुवासभा । गणित बिषयको एक दिने अन्तर्राष्ट्रिय सम्मेलन कोशी प्रदेशको इटहरीको कस्तुरी कलेजमा सम्पन्न भएको छ । गणित बिषयको अन्तर्राष्ट्रिय सम्मेलन इटहरीमा जेष्ठ २७ गते सम्पन्न भएको कोशी प्रदेशका अध्यक्ष सन्तोष बिष्टले जानकारी दिए ।
गणित शिक्षा परिषद् केन्द्रीय समिति, त्रिभुवन विश्वविद्यालय गणित बिभागको संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गणित बिषयका विज्ञहरुद्वारा विभिन्न २४ शिर्षकमा कोशी प्रदेशका गणित बिषयका शिक्षक हरुलाइ नबिनतम विधि र पद्धतिको बारेमा तालिम प्रदान गरेका थिए । गणित लाई जीवन र खेलसँग जोडेर कसरी सजिलो तरिकाले अध्यापन गराउन सकिन्छ भनेर बिभिन्न वक्ताहरुले आफ्नो धारण राखेका थिए । त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपति तथा गणित शिक्षा परिषद् नेपालका राष्ट्रिय अध्यक्ष डाक्टर हिरा बहादुर महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा परिषदका राष्ट्रिय उपाध्यक्षहरू प्रा उमानाथ पाण्डे ,रमेश प्रसाद अवस्थी , महासचिब श्रीप्रसाद घिमिरे र केन्द्रीय सदस्यहरू गुरू पौडेल,रामकृष्ण पन्थी, प्रेमा कुमारी ढकाल , घनश्याम अधिकारी निवर्तमान कोशी अध्यक्ष जीवन नेपाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा झापा , सुनसरी , मोरङ , संखुवासभा ,भोजपुरका स्थानीय तह , बिभिन्न संघ संस्था , विद्यालय तथा व्यवसायी हरूको आर्थिक तथा अन्य सहयोगमा कार्यक्रम सञ्चालन भएको थियो । उक्त सम्मेलनमा कोशी प्रदेशका सस्थागत एबं सामुदायिक विद्यालयका ६१० शिक्षक हरुको उपस्थिति रहेको थियो ।