प्रतिनिधिसभा तर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका दीपक खड्का, नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतम बीच मुख्य प्रतिस्पर्धा देखिएको छ । काँग्रेसका खड्काले ३ हजार ६ सय ९३ मत मत प्राप्त गर्दा नेकपा एमालेका राजेन्द्र प्रसाद गौतमले ३ हजार ३ सय मत ल्याएका छन् ।
७ हजार नौ सय ९७ मत गणना हुदाँ काँग्रेसका खड्का ३ सय ९३ मत अन्तर बनाएका छन् । जिल्ला समन्वय समितिको हलमा मंगलबार दिउँसो २ बजे मत गणना जारी छ ।
त्यस्तै गरी प्रदेशसभा (१) तर्फ नेकपा एमालेका भविशवर गुरुङले ३ हजार ८ सय ५६ मत प्राप्त गर्दा माओवादी केन्द्रका राजेन्द्र कार्कीले ४ हजार १ सय ९१ मत ल्याएका छन् ।
सङ्खुवासभा ५६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । १ लाख १७ हजार ५५४ मतदातामध्ये ६५ हजार ८९२ मत खसेको थियो । सङ्खुवासभामा एक प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका २९ जना उम्मेदवार चुनावी मैदान छन् ।