खाँदबारी। स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा सञ्जय ओझाले उम्मेदवारी घोषण गरेका छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते गर्न लागेको स्ववियु को निर्वाचन प्रक्रिया शुक्रबार सुरु भएसँगै विद्यार्थीहरुले विभिन्न पदमा आफ्नो दावी गर्न सुरु गरेका हुन् । शुक्रबारबाट क्याम्पसमा विभिन्न विद्यार्थीहरु संघ/संघगठन दर्ता गराएका छन् ।
क्याम्पसहरुमा नेतृत्व हात पार्न टिकट लिनेदेखि विद्यार्थी खुसी पार्न विद्यार्थी नेताहरु संगठनात्मक र व्यक्तिगत रुपमा निक्कै लागिपरेका छन् । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला सचिव समेत रहेका ओझाले स्वावियु काे सभापति पदमा उम्मेवारी दिने तयारी गरेकाे बताएका छन्। बरुण बहुमुखी क्याम्पसका विद्यार्थीहरुको हक र हितका लागि नेतृत्व पाउनु पर्ने माग सहित संगठनलाई रिजाउँदै दौडधुप गरिरहेक छन् । अनेरास्ववियुले उम्मेदवार बनाउँदा उनी पहिलो प्राथमिकतामा पर्ने उनको दाबी छ । विद्यार्थी माझ निक्कै लोकप्रिय रहेको दाबी उनको छ ।
अनेरास्ववियुमा स्ववियु सभापतिको टिकट पाउन पनि निक्कै लामो कसरत अनेरास्ववियुका विद्यार्थी नेताहरु बताउँछन् । तर, बरुण बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुले आफ्नो अस्तित्व रक्षा र विरासत जोगाउनकै लागि निर्वाचनमा भाग लिएर जित्ने उम्मेदवार मध्ये आफु बलियो उम्मेवार रहेको ओझाको भनाई छ । अनेरास्ववियुले बरुण क्याम्पसमा चुनाव जित्ने मत रहेकाले आकंक्षिहरु धेरै भएको उनी बताउँछन् । अनेरास्ववियु लाई जिताउन बरुण क्याम्पसमा एमाले अखिलको विरासत जोगाउने गरि चुनावी मैदानमा उत्रिने उनको तयारी रहेको बताए । उनीसँगै प्रज्वल श्रेष्ठ ,बिबश खत्री र लालनाथ अधिकारी पनि सभापतिको आकांक्षी हुन् । यी ४ जनामध्ये पहिलो प्राथमिकतामा आफू हुनु पर्ने ओझाको दाबी छ ।
एमाले परिवारमा हुर्किएका ओझा सानै उमेर देखि एमाले राजनीतिबाट प्रभावित भएका थिए । उनका बुवा नेत्र बहादुर ओझा वडा कमिटी का उपाध्यक्ष समेत रहेका छन । ओझालाई सानैदेखि राजनीतिक छाप परेको थियो । उनी विद्यालय तहदेखि नै राजनीतिमा होमिएका थिए । विद्यार्थीमाझ निक्कै लोकप्रिय छवि रहेका कारण पनि उनि स्ववियु निर्वाचनमा जित हात पार्नेगरी लागिपरेका छन् ।
आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । बरुण क्याम्पसमा ४ विद्यार्थी संघ/संगठनलेले निर्वाचनका लागि संगठन दर्ता गराएका छन् ।