खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरापलिका–१ मा रहेको भिमसेन मन्दिरमा पुजाआजा गरि विधिवत रुपमा लाखे जात्रा सुरु गरिएको छ । नेवाः देय दवूको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमी सम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ ।
नेवार समुदायको कुलदेवता भिमसेनको पुजा सँगै ढोल, ढोलकी, झ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपाडा लगायता सामाग्रीहरुको पुजा गरी खाँदबारी लगायतका बजारहरुमा खाले नाच सुरु स्थानीय पुष्प बहादुर श्रेष्ठले अरुण सन्देशलाई बताए । भिससेन मन्दिरबाट विधिवत रुपमा सुरुभएको लाखेले खाँदबारी बजार परिक्रममा गर्ने उनले जानकारी दिए । द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै जिल्लामा नेवार समुदाय भएका बजार क्षेत्रमा लाखे नाच निकाल्ने चलन छ । नेवार समुदायको वसोवास रहेको खाँदबारी, चैनपुर, सिभुवा, खराङ, बाह्रविसे, तुम्लिङ्टारमा लाखे नाच सुरुभएको छ । विधिवत रुपमा लाखे सुरु भएपिछि विभिन्न क्लब तथा समुहहरुले समेत लाखे नाच निकाल्ने गरेका छन् ।
(भिडियो)