संखुवासभा । संखुवासभामा विभिन्न खोलामा शनिवार राती आएको बाढी पहिरोका कारण एक जनाको मृत्यु हुनुका साथै २१ जना वेपत्ता भएका छन् । बाढीले बगाउँदा पाँचखपन नगरपालिका ९ का २६ वर्षिय सन्तोस राईको मृत्यु भएको छ ।
चैनपुर नगरापालिका र पाँचखपन नगरपालिकाको विचबाट बग्ने हेँवा खोलाबाट १७ जना, चैनपुर नुनढाकी सडकमा काम गर्ने १ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । त्यसैगरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा पहिरोले गोठ बगाउँदा २ जना वेपत्ता भएका छन् । बाढी पहिरोका कारण संखुवासभामा १९ पुरुष र ३ जना महिला बेपक्ता वेपत्ता भएका हुन् । डिएसपी गोदारले भने – ‘हेँवा खोलामा आएको बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएका छन् ।’ अपर हेवा हाइड्रोमा काम गर्ने एक जना वेपत्ता भएका हुन् । सुपर हेवाँ काम गर्ने ३ जना घाईतको चैनपुर हेल्पीङ् हेन्डसमा उपचार भइरहेको छ । वेपक्ताको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थानीयवासी दिनभरी खटिएका छन् ।
बेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सन्तोस ढकाल (सुपरभाईजर), सुनसरी इटहरी भुवनसिंह तामाङ, चैनपुर नगररपालिका सुवास राई, पाँचखपनका दिपक मगर, फैजबहादुर कार्की (सुपरभाईजर) झापा गौराहदहका गणेश गिरी, धनकुटा पाख्रीवासका राजकुमार मगर, ईलामका मिना श्रेष्ठ, झापाका रामजतन थारु रहेका छन् । त्यसैगरी बर्दियाका रोहित थारु, पुलसन थारु, कालीराम थारु, राजराम थारु, कैलालीका सुगत थारु, अमर थारु, सिता थारु, राहुल थारु रहेका छन् ।
त्यस्तै गरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० बर्षीय गणेश राई र ६१ बर्षीया सन्चमाया राई बेपत्ता भएका छन् । चैनपुर–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भिम चौधरी, अपर हेँवाखोला हाइड्रोपावरका मजदुर चैनपुर–४ का ५० बर्षीय ज्ञान बहादुर लिम्बु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढी पहिरोका कारण जिल्लामा अरवौंको क्षती भएको प्रहरीले जनाएको छ । बाढिपहिरोका कारण १८ वटा घरमा पुर्ण क्षती र २ वटा सडक पुलमा पुर्ण क्षती पुगरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । १८ घरलाई सुरक्षित स्थानमा सारीएको कार्कीले बताए । घटस्थलको अनुगमन पछि कार्की भने–‘विस्थापितहरुलाई स्थानिय विपद् व्यवस्थापन र जिल्ला व्यवस्थापन समितिले राहत वितरण गरेको छ ।’ खोजी कार्य जारी रहेको उनले भने ।