खाँदबारी । अरुण उपत्यका सामुदायिक विकास क्लव(एडभान्स) मानेभञ्याङको अध्यक्षमा जिल्लामान राई चयन भएका छन् । शनिबार भएको विशेष साधारण सभाले राईको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको निवर्तमान अध्यक्ष इश्वर घिमिरेले जानकारी दिए ।
समितिको वरिष्ट उपाध्यक्षमा प्रकास घिमिरे, उपाध्यक्षमा राज श्रेष्ठ, महासचिवमा वेदराज घिमिरे, कोषाध्यक्षमा उमेशजंग गूरुङ, सचिवमा सुमन कुलुङ, कोषध्यक्षमा सन्दिप भगत श्रेष्ठ चयन भएका छन् । खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा निर्वातमान उपाध्यक्ष भरत घिमिरेले स्वागत मनतव्य राखेका थिए । कार्यक्रमा प्रमुख अतिथि थपलिया, विशिष्ट अतिथि शिवकुमार कार्की, तुम्लिङटार स्पोटिङ् क्लबका अध्यक्ष देवेन्द्र घिमिरे लगायतले मतव्य सहित नव गठित समितिलाई शुभकामना दिएका थिए । एडभान्स क्लव नियमित रुपमा फुटवल प्रतियोगिता गराउने क्बलको रुपमा परिचित छ ।