खाँदबारी । संखुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । भालुको आक्रमणबाट मकालु बरुण राष्ट्रिय निकुञ्ज अन्तरर्गत भोटखोला गाउँपालिका–४ माङ्खिमका ४६ बर्षीय प्रेम गुरुङ र २६ राजमान राई घाइते भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।
बुधबार दिउँसो घर नजिकै रहेको मकै खोहोरीया काम गर्दे गरेको गुरुङ र राईलाई भालुले आक्रमण गर्दा घाइते भएको गाउँपालिका अध्यक्ष भोटेले बताए । भालुको आक्रमणबाट उनीहरुको अनुहार, टाउको,खुट्टा र हातमा लगायत शरिरका विभिन्न भागमा गहिरो चोट लागेको छ । घाइते मध्ये २६ बर्षीय राईको अवस्था गम्भीर रहेको अध्यक्ष भोटेले बताए । घाइतेको गोला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ लग्ने तयारी भइरहेको अध्यक्ष भोटेले बताए ।