सुमन दाहाल, मादी । १ नं प्रदेश स्तरिय आमन्त्रित महिला फुटवलकाे उपाधी कन्काई झापाले जितेकाे छ । शनिवार भएकाे फाईनल खेलमा कन्काई नगरपालिका झापाले पथरी नगरपालिका माेरङलाई १-० गाेल अन्तरले हराउदै उपाधी चुमेकाे हाे । विजेता टाेलिले १ लाख २० हजार नगदका साथमा शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरे छ भने उपविजेता टिमले ८० हजार नगदका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियाेगतामा उत्कृष्ट गाेल रक्षक कन्काई झापाकाी जसाेदा लावती भईनभने उत्कृष्ट डिफेन्डर झापा कै नेहा चाैधरी घाेसित भईन त्यस्तै उत्कृष्ट मिडफिल्डर पथरी माेरङका केरेन लिम्बू भईन भने सर्वाेत्कृष्ट खेलाडी पथरी माेरङ कैविना लिम्बू भईन र सर्वाधिक गाेलकर्ता भने कन्काई झापा कि टिम क्याप्टेन लक्ष्मि श्रेष्ठ भईन सबै विजेताले ट्रफी र उचित नगद वितरण गरेकाे आयाेजकले जनाएकाे छ । प्रतियाेगता फागुन १८ गते देखि मादी बहुमुखी क्याम्पसकाे खेलमैदानमा सञ्चालन गरिएकाे थियाे भने प्रतियाेगितामा ८ वटा टिमले सहभागी जनाएका थिए ।