खाँदबारी । भलिवललाई राष्ट्रिय खेल घोषण गरेको दिन जेठ ८ मा जिल्ला भलिवल संघ संखुवासभाले भेट्रान्स भलिवल प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिताको अवसरमा जिल्लाको भलिवल खेल विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान समेत गरिने भलिवल संघ सङ्खुवासभाका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए ।
सोमबार खाँदबारीमा रहेकाे सुर्य वोर्डिङको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने घिमिरेले बताए । प्रतियोगितामा विभिन्न क्लब, प्रहरी, जनप्रतिनिधी तथा कर्मचारी र शिक्षकहरुको सहभागिता रहने संघले जनाएको छ । दिवसको अवसरमा विभन्न माध्यम द्धारा भलिवल खेलमा सहयोग गर्ने व्यक्ति, संघसंस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।