खाँदबारी नगर कार्यपालिका, संखुवासभाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार निरौलासहित कर्मचारीहरुमाथि तीनभन्दा बढीको भ्रष्टाचार आरोप लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा निरौलासहित तत्कालीन इन्जिनियर सुरज श्रेष्ठ र सव–इन्जिनियर मनोज कुमार चापागाईले आर्थिक वर्ष २०७४/०७५ मा खाँदबारी नगरपालिका वडा नंं. ६ स्थित महानन्द चोक हिगुवा हुँदै थलेडाँडा सडक मर्मत कार्यमा परिणामभन्दा बढी परिमाण देखाएको आरोप लागेको छ ।
झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी सरकारलाई हानी पु¥याउने उद्देश्यले निर्धारित सर्त र मापदण्ड विपरीतको निर्माण कार्यका निमित्त उपभोक्ता समितिलाई तीन लाख ७४ हजार १२७ रुपियाँ नोक्सान पु¥याएको आयोगले जनाएको छ ।
यसैगरी, आयोगले उपभोक्ता समितिका अध्यक्ष भुवननाथ अधिकारी, सचिव गोपाल बहादुर थापा मगर र कोषाध्यक्ष मेनुका तामाङ्गले सडक मर्मत कार्यमा वास्तविकभन्दा बढी कार्य गरेको भनी सम्झौता गरेको वखत स्वीकार गरेको शर्त उल्लंघन गरी सरकारी रकमबाट लाभ लिन खोजेको आरोप लागेको जनाएको छ ।
आरोपितहरुमाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम सजायको मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर भएको छ ।