नुम । संखुवासभाको मकालु गाउँपालिकामा मेलमिलापकर्ताहरुको लागि मेलमिलाप समबन्धि आठ दिबसिय तालिम सोमबार सम्पन्न भएको छ । तालिम मकालु गाउँपालिका गाँउकार्यपालिकाको न्यायिक समितिको आयोजनामा सञ्चालन भएको हो ।
मकालु गाउँपालिकाको सभाहलमा भएको तालिममा २२ जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष मनकला राईको सभातित्वमा भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष राईले भनिन्-आफ्नो कार्यकालमा न्यायिक समितिमा पाँच वटा निवेदन आएकोमा दुई वटा अदालत पठाइएको, दुई वटा मेलमिलाप गराइएकोे र एक वटा चाँहि मेलमिलापको प्रक्रियामा छ । कार्यक्रमका प्रमुख अतिथि तथा पालिका अध्यक्ष ओङदि छिरङि शेर्पाले तालिमामा सहभागि तथा प्रशिक्षकहरुलाई धन्यवाद दिदै गत बर्षको न्यायिक समितिले आफ्नो कर्तव्यलाई खासै कार्यन्वयन गर्न नसकेको र अबको मेलमिलापकर्ताहरुबाट मेललिलापका कार्यहरु कार्यन्वयन हुने विश्वास लिएको बताए । अध्यक्ष शेर्पाले मेलमिलापकर्ताहरु अग्रसर भएर समाजमा आइपरेका द्धन्द्वहरुको समाधान गर्न अनुरोध गर्दै गाउँपालिका मेलमिलापकर्ताहरुको साथमा रहने प्रतिवद्वता व्यक्त गरे । तालिम सहजिकरण प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल भक्तपूरले गरेकाे थियो भने प्रशिक्षण राजन राई र मिना श्रेष्ठले गरेका थिए।