नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता १५ प्रतिशत बृद्धि हुने भएको छ । आगामी साउनदेखि राशनभत्ता बढ्ने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् । विगत ६ वर्षदेखि सुरक्षाकर्मीको राशनभत्ता बढ्न सकेको छैन । गृह मन्त्रालयले करिब ३३ प्रतिशत राशनभत्ता बृद्धि गर्न सिफारिस गरेको थियो । तर, सरकारले १५ प्रतिशत मात्र बृद्धि गरेको छ । हरेक जिल्लामा प्रहरीको राशनभत्ता फरक–फरक हुन्छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले राशनबापात भत्ता पाउने भएपनि नेपाली सेनाका कर्मचारीले भने ठेक्का प्रक्रियामार्फत राशन नै लिने गर्दछन् ।