संखुवासभा । रुद्राक्षको बोटमा प्रयोग गर्ने अबैध विषाधी सहित दुई जना चाइनिज नागरिकलाई पक्राउ परेका छन् । प्रहरीले चाइनिज नागरिक जङ फुइन र उ् छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई रुद्राक्षमा प्रयोग गर्ने अबैध विषधी सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकृत प्रहरी निरिक्षक शुभेश अधिकारीले जानकारी दिए ।
खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको बुद्ध होटल एण्ड लजबाट उनिहरुलाई अबैध विषाधी सहित पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट ३६ बटा बेरामा राखेको १ सय ८ काटुनमा तीन हजार दुई सय ३५ प्योकट(८०० केजी) विषाधी बरामद गरेको प्रहरी निरिक्षक अधिकारीले बताए । प्रहरीले अबैध रुपमा भन्सार राजश्ज छलीमा ल्याएको पिविओजी नामको विषाधी पक्राउ गरेको हो । उनिहरुलाई नियन्त्रणमा लिई विषाधी सहित कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीको ईटहरी पठाएको प्रहरीले जनाएको छ ।
पर्यटन भिसामा आएका चाइनिजहरुले संखुवासभा केन्द्र बनाएर भोजपुर सहित पुर्वी पहाडी जिल्लामा रुद्राक्षको ब्यापर गदै आएका छन् । उनिहरुले रुद्राक्षको आकृति विगार्न विषाधी र विभिन्न उपकरणहरुको अबैध प्रयोग गदै आएका छन् ।