अधिकारी सुजन
गोपिनिहरुको भिडमा तिमी राधा बनिदिनु
राधाहरुको भिडमा सधै रुक्मिनी बनिदिनु
कसैले सोधे घरगाउमा, तिमी मेरि भयौं भनी दिनु
बृन्दाबन कति धाउनु अब, सधैलाई द्वारिका सरि दिनु
मायाको मुरली बजाउला म, तिमी सुनी दिनु
म गाउला गीत पिरतीको, तिमी नाची दिनु
कसैले सोधे मेरो बारे लजाउदै हासी दिनु
यमुना तट कति धाउनु अब, सधैलाई द्वारिका सरि दिनु