खाँदबारी । प्रविधिमैत्री शिक्षक समाज जिल्ला समन्वय समिति संखुवासभाले डिजिटल शैक्षिक सामाग्री प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । आइबार(आज) हिमालय मावि खाँदबारीमा ‘हामी तयार छौ बालबालिका उत्सुकता छन्, प्रविधिमैत्री कक्षाकोठा आजको आवस्यकता’ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
प्रविधिमैत्री शिक्षक समाज जिल्ला समन्वयका अध्यक्ष सन्तोष बिष्टको सभापतित्वमा भएको कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाजका सदस्य तारानाथ पोखरेल र सुमन दाहालले संखुवासभालाई चिनाउने भिडियो प्रदर्शन गरेका थिए । त्यसैगरी अध्यक्ष विष्टले शैक्षिक सामाग्रीको प्रदर्शनी गरे ।
अबको शिक्षण गतिविधि प्रविधि बिना असम्भव रहेको कार्यक्रमका प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाज केन्द्रीय अध्यक्ष भुपती बस्यालले बताए । विकास र समृद्धिका लागि अब विभिन्न स्थानीय तहले बाटोघाटोमा मात्रै नभएर गुणस्तरीय शिक्षाका लागि बिचार पुर्याउन पर्ने जिकिर गरे । यसैबीच कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई संखुवासभाका प्रमुख केशव भट्टराईले प्रविधिमैत्री शिक्षक समाज, नेपाल जिल्ला समन्वय समिति संखुवासभालाई धन्यवाद ज्ञापन गर्दै शिक्षण क्रियाकलापमा अझै यो समितिले महत्वपुर्ण भुमिका निर्वाहगर्नु पर्नेे र सहजीकरणका लागि आफ्नो कर्यालय सँधै साथमा रहने बताए । त्यस्तै खाँदबारी नगरपालिकाका शिक्षा प्रमुख दिपकमणी घिमिरेले प्रविधिमैत्री शिक्षणका लागि सम्पूर्ण शिक्षकहरु तयार हुनुपर्ने बताए । उनले भने–प्रविधिमैत्री शिक्षक समाज संखुवासभाले शैक्षिक क्षेत्रमा प्रविधिमय शिक्षणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै धन्यवाद छ ।
कार्यक्रममा विभिन्न शिक्षकहरुले फरकफरक आफ्नो प्रतिभाहरु समेत प्रदर्शन गरेको प्रविधिमैत्री शिक्षक समाज सल्लाहकार शेरबहादुर पुरीलेले बताए ।